अफसिजनले बढायो तरकारीको भाउ, तीन सातामै १३६ प्रतिशतसम्मले महंगियो

<p>काठमाडौं । अफसिजनका कारण तरकारीको मूल्य उकालो लागेको छ । अफसिजनले बजारमा पर्याप्त मात्रामा तरकारी नआउँदा त्यसको सिधा प्रभाव तरकारीमा परेको छ । ३ सातामा तरकारीको भाउ १३६ प्रतिशतसम्मले महंगिएको छ । कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो ३ साताको तथ्यांकमा तरकारीको भाउ १ सय ३६ प्रतिशतसम्मले बढेको छ । सामान्यतया कालिमाटीमा दैनिक सात सय [&hellip;]</p>

काठमाडौं । अफसिजनका कारण तरकारीको मूल्य उकालो लागेको छ । अफसिजनले बजारमा पर्याप्त मात्रामा तरकारी नआउँदा त्यसको सिधा प्रभाव तरकारीमा परेको छ । ३ सातामा तरकारीको भाउ १३६ प्रतिशतसम्मले महंगिएको छ ।

कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो ३ साताको तथ्यांकमा तरकारीको भाउ १ सय ३६ प्रतिशतसम्मले बढेको छ ।

सामान्यतया कालिमाटीमा दैनिक सात सय मेट्रिक टन तरकारी आयात हुन्छन् । तर हाल दैनिक ५/६ सय मेट्रिक टन मात्र तरकारी आयात हुने गरेकाले तरकारीको भाउ बढेको समितिका योजना अधिकृत रमेश डंगोलले जानकारी दिए ।

‘यो बेला नै यस्तै हो ‘,उनले भने, ‘अहिले तरकारीको सिजन सक्किदै गरेको र ठ्याक्कै अर्को सिजन सुरु नभएको अवस्था छ । त्यसैले पुराना तरकारी आउन बन्द छन् भने नयाँ तरकारी आउने बेला भएको छैन ।’ मंसिरको सुरुवातसँगै तरकारीको आपूर्ति सहज हुने उनले बताए ।

कालिमाटीमा यो वर्षको बर्खायामदेखिनै तरकारीको भाउ अचाक्ली महँगिएको छ त्यसमा पनि तरकारीको अफसिजन भएकाले तरकारीको मूल्य छोइसक्नु छैन । तरकारीको भाउ महंगिनुमा तरकारी आयात कम भएको व्यवसायीको तर्क छ।

बजारमा प्रशस्त मात्रामा तरकारी नआउँदा माग र पूर्तिको सन्तुलन खलबलिएको कालिमाटी तरकारी थोक व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बताए ।

‘प्रतिफल नपाएपछि तरकारी खेतीमा कृषकको रुचि हटेको छ’ ,उनले भने, ‘तरकारीको आपूर्ति घटेकाले मूल्यमा चाप परेको हो ।’

तरकारी (किलोमा) असोज २९ गते कात्तिक १९ गते प्रतिशत तुलना
गोलभेडा ठूलो ५२ ९२ ७३.९२
गोलभेडा सानो ५६ ८२ ४६.४३
गाजर ६८ ९८ ४४.९२
काउली ५८ ९२ ५८.६२
आलु सेतो २९ ३८ ३१.०३
आलु रातो ३२ ४४ ३७.५०
प्याज ५५ ६६ २०.००
भन्टा ५८ ६२ ६.९०
तितो करेला ७८ ९८ २५.६४
लौका ३८ ४८ २३.३२
भिण्डी ८२ ९८ १९.५१
पिंडालू ३३ ४८ ४५.४५
पालूंगो साग ५८ ९३ ६०.३४
तोरी साग ४८ ५३ १०.४२
हरियो धनिया १२५ २९५ १३६.००

 

Share News