काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएकाे छ । बैंकले आइतबार (कार्तिक १९ गते) बाँकेको खजुरा, बारबर्दियाको मगरागडी र त्यसैगरी मोरङको रमाइलो चौकमा थप तीन शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त खजुरा र मगरागडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलले र रमाईलो शाखाको उद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले गरेका हुन् ।
यस ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको बताएको छ ।
साथै, बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।