दोहोरो अंकले घटेको बजारमा समता माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेको छ । १५९ कम्पनीको कारोबार भएको दिन १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी समता माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् । आइतबार यस [&hellip;]</p>

काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेको छ । १५९ कम्पनीको कारोबार भएको दिन १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी समता माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४५ रुपैयाँ बढी हो ।

त्यस्तै, न्याङ्दी ग्रुप पावरका लगानीकर्ताले ५.२२ प्रतिशत र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।

आइतबार सबैभन्दा बढी स्वावलम्बन लघुवित्त विकास बैंकका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गुराँस फाइनान्स, सनराइज बैंक र कैलाश विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

Share News