नेप्से परिसूचक १४९६ अंकमा, ६३ करोडको सेयर कारोबार

<p>काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ ।

नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले ओरालो लागेको छ । होटल र फाइनान्स समूह क्रमशः ९ र ६ अंकले घटेका छन् । ट्रेनिङ समूहको परिसूचक २ अंकले उकालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले राताम्मे भएका छन् ।

Share News