काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको आठौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।
चाँदीको सिक्का विजेताका रुपमा निर्मल सापकोटा, कमला भण्डारी, प्रेम बहादुर नेपाली, दिवस भट्टराई, छबिलाल थापा, मदन कुमार राई र चेत कुमारी सिग्देल छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा रुपन्देहीका जय लाल न्यौपाने छनोट भएका छन् ।