काठमाडौं । साताको पहिलो दिनको सेयर बजार राताम्मे भएको छ । बजार खुलेको करिब तीन घण्टाको अवधिमा नेप्से परिसूचक ३०.२५ अंकले घटेर १४९२.५६ अंकमा झरिसकेको छ ।

सो अवधि सम्ममा बजारमा १४७ कम्पनीको ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी आइतबार कारोबारमा आएको ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २०१ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स समूह ६ अंक र बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् ।
सो अवधिसम्म कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
