सिर्जना फाइनान्सले ३२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

<p>काठमाडौं । सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको(कर प्रयोजनको लागि नगद लभांश सहित) बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक ६ गते बसेको कम्पनीको १७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं । सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको(कर प्रयोजनको लागि नगद लभांश सहित) बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको कात्तिक ६ गते बसेको कम्पनीको १७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । जसमा ३२.५० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ नाघ्ने छ ।

Share News