सेयर भर्न घण्टौं लाइन बस्नुपर्ने दिन अब सकियो

<p>सीडीएसले सेयर भर्न र सेयरको खाता कारोबारको बारेमा जानकारी दिन नयाँ प्रविधिको विकास गरी सञ्चालनमा ल्याइसकेको छ । अब प्राथमिक सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) भर्न पहिला लाइन लाग्नु पथ्र्यो भने अब यस्तो अवस्था छैन्, यसबाट साना लगानीकर्तालाई राम्रो भएको छ । जुन बैंकमा खाता छ, त्यहाँ गएर लगानीकर्ताले दर्ता गर्नुपर्छ किनभने बैंकसंग भएको [&hellip;]</p>

सीडीएसले सेयर भर्न र सेयरको खाता कारोबारको बारेमा जानकारी दिन नयाँ प्रविधिको विकास गरी सञ्चालनमा ल्याइसकेको छ । अब प्राथमिक सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) भर्न पहिला लाइन लाग्नु पथ्र्यो भने अब यस्तो अवस्था छैन्, यसबाट साना लगानीकर्तालाई राम्रो भएको छ । जुन बैंकमा खाता छ, त्यहाँ गएर लगानीकर्ताले दर्ता गर्नुपर्छ किनभने बैंकसंग भएको ग्राहकको पहिचान (केवाइसी) र हामीसंग भएको बीओआइडीसंग मिल्नुपर्छ । दुबैको नाम मिलेपछि पैसा फिर्ता हुन्छ । जस्तो कसैले १ सय कित्ता सेयरका लागि आवेदन दिएकोमा ९० कित्ताको मात्र पर्यो भने बाँकी पैसा फिर्ता जान्छ । यसका लागि ग्राहक दर्ता गरेपछि बैंकले एउटा एप्लिकेसनलाई ७ मिनेटसम्म लगाएको छ, त्यसलाई हाम्रो एप्समार्फत ३० सेकेन्डमा झारेका छौ । एकपटक दर्ता भएपछि सकियो, फेरी बैंक धाइरहनु परेन । त्यसपछि सीआएन कोड हुन्छ त्यो दिएपछि पुग्छ ।

देवप्रकाश गुप्ता, सिइओ, सिडिएस एण्ड क्लियरिङ लिमिटेड

यस्तै बैंकले आफनो प्रणालीमा रेकर्ड राख्छ, हाम्रो डेटाबाट पुल गरेर डेटावेस प्रणालीमा हाल्छ त्यसपछि खाता पनि ब्लक हुन्छ । यसमा पहिले ७० दिन लाग्थ्यो भने अब इस्युम्यानेजरले यो प्रणालीबाट उसले प्रमाणित डेटानै पाउने भयो । यसपछि इस्युम्यानेजरलाई सहज भयो, हाम्रो खाताबाट फाइल तानेर हेर्न सक्ने भयो । बाँटफाँड प्रक्रिया छिटो भयो भने बाँडफाँड बन्द भएको केही दिनमा पैसा पनि फिर्ता पाइने भयो । यो बैंकमा गएर एकपटक निवेदन दिएपछि सकिन्छ ।

सीडीएसले आफनै मेरो सेयर भन्ने एप्लिकेसन बनाएको छ । हितग्राही खाताको विवरण र पोर्टफोलियो हेर्ने कुरा राखेको छ । त्यो भन्दा पनि सहज के हुने छ भने घरमा बसेर निवेदन दर्ता गर्न पाउने भयो । अब अर्को पटकदेखि बैक जानु पर्देन । यो एप्लिकेसनको सबैभन्दा राम्रो पक्ष हो । धितोपत्र बोर्ड (सेवन) लाई रिपोर्ट चाहियो भने इस्युम्यानेजरमा निर्भर हुनुपर्ने, हामीलाई रिपोर्ट चाहियो भने बैंक र इस्युम्यानेजरमा निर्भर हुनुपर्ने र इस्युम्यानेजरलाई केही डेटा चाहियो भने बैंकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सबै कुरा केन्द्रीयकरण भएर आउने छ । डेटाको दर्ता समयमा हुन्छ र चाहिने सबै प्रकारका डेटा हामी उपलब्ध गराउने छौ । सीआस्वा हाल १६ वटा बैंकले प्रयोग गरिरहेका छन् । यो अनिवार्य हुने क्रममा छ । यस विषयमा सेवोनले छलफल अघि बढाएको छ, सायद छिट्टै कार्यन्वन होला ।

यसबाट फाइदा भनेको लगानीकर्ता बैंकमा धाइरहनु परेन । अर्कोकुरा अनलाईनबाट गर्न सकिने भएकाले बैंक जाने समयको वचत पनि भयो । ग्राहकले घरमा बसिबसी गर्न पाउने भएकाले लाभ नै भयो । यस्तै इस्युम्यानेजरलाई पनि फिल्टर भएर डेटा आउने भएकाले केलाइ रहनु परेन । सेवोनले रियल टाइम डेटा पाउने भयो । कुन मितिमा कुन बैंकको कुन शाखाबाट कतिजनाले कति पैसाको र कति कित्ताको सेयर भेर र पछि पाए भन्ने त्यो सबै जानकारी हुन्छ ।

इस्युम्यानेजरले जुन बाँटफाँडको फाइल दिन्छ त्यसका आधारमा रकम तुरन्त हितग्राहीको खातामा हाल्न पाउने छौ । यो बढी इफिसियन्सी भएको प्रणाली बनाएका छौ । हामीलाई आइटी सुरक्षामा समस्या छैन् । हामी भीपीएनमा काम गरिरहेका छौ । हामीकहाँ इन्टरनेट प्रणाली छैन हाम्रो सेयर बेग्लै भयो । त्यहाँ पढ्न र हेर्न मात्र मिल्छ । कपी पेस्ट र लेख्न मिल्दैन् । त्यहाँबाट हामी कारोबार गर्देनौ हेर्नलाई मात्र हो । त्यो बाहेक ४ तहको सुरक्षा प्रणाली राखिएको छ ।

एउटा भीपीएन हो भने अर्को मेरो सेयरको इन्टरनेटबाट जति ट्राफिक आउछ, त्यसलाई राउट गरेर फेरी फाइल हालेर प्रणालीमा आवद्ध गर्छौ । हामीसंग सुरक्षाका चार चरणहरु छन् । कारोबार गर्ने बैंकबाट हो, बैंक पनि भर्चुअल प्राइभेट नेटवर्क भीपीएनमा छन् । गडबढी तुरुन्त थाहा हुन्छ । बैंकमा भएको जस्तो आइटी ह्याक हुने जोखिम हामीसंग हुदैन् । स्वीफ्ट भनेको अर्काको प्रणाली हो किनभने स्वीफटमा जो पनि प्रवेश गर्न सक्छ हाम्रोमा यो संभावना छैन । भीभीएन हाम्रो प्रणाली हो । हामीले प्रत्येक ट्रान्सफरको बढी शुल्क भयो भन्ने कुरा आइरहेको छ । एक ट्रान्सफरको २५ रुपैयाँ लिइरहेका छौ तर यो अन्तराष्ट्रिय स्तरको भन्दा हाम्रो सस्तो हो । हामीले धेरै शुल्क लिएका छैनौ ।

सीडीएसका नयाँ योजना
बीआइडी लागु गर्ने सोचमा छौ । दुईटा खातालाई म्यापिङ गरेर डुप्लिकेसन हटाउने तयारी गरिरहेका छौ । अब हकप्रद सेयर भर्न पनि हितग्राही बैंकमा जानुपर्देन घरबाट भर्न सकिने छ । हकप्रद सेयर निष्कासन गर्दा ७, ८ वटा मात्र संकलन केन्द्र हुन्छ उपप्त्यका बाहिरका हितग्राही सेयर भर्न पाउदैन् । धनगढीमा १० कित्ता भन्र्नेले १० हजार रुपैयाँ खर्च गरेर यहाँ आउदैन् । त्यसलाई यही प्रणालीमा ल्याएर सबैलाई समान अवसर दिने भएका छौ । जुन स्थानमा भएपनि अनलाईनबाट सेयर भर्न पाइने छ । हकप्रद लिलामीमा आउनु केही कारणहरु छन । जस्तै भर्न नपाएर होला जस्तो लाग्छ भने अर्को कुरा हकप्रद खुलेका सुचना प्रभावकारी रुपमा नपुगेको हुनुपर्छ भने सेयरहोल्डर विदेशमा भएकाले हकप्रद भर्न यही आउनु पर्ने भएकाले उनीहरु अबसरबाट बञ्चित भएका हुन सक्छन् । कुनै व्यक्ति अमेरिकामा छभने उसले सेयर भर्न पाउने अवस्थ हुदैन त्यसैले लिलामीमा आउने गरेको छ ।

डिम्याटमा डुप्लिकेसन हटेको छ । धेरै खाता बन्द भएका छन् । अब दोहोरो खाता हुनै छन् । १ लाख जति दोहरो खाता बन्दा भएको छ । हामीले ट्रयाक गरेर वन्द गर्न लगाएका छौ । कसैले सेयर राखेर कर्जा लिएको छ भने तिनीहरुको खाता बन्द हुदैन भने अन्यको बन्द भएको छ । अब डिम्याट डुप्लिकेसनको संभावना छैन् । हालसम्म ९ लाख २२ हजार २२५ डिम्याट खाता रहेका छन् । एकल खाता कार्यन्वयन गरेका छन् । अहिले पोर्टफोलियो कारोबार भएकाले मात्र दोहोरो खाता पाउनुहुन्छ ।

बैंकमा गएर सीआरएन नम्बर लिएपछि आईपीओ र एफपीओ जहाँबाट पनि भर्न पाउने व्यवस्था भइसकेको छ । सीआरएन नम्बर लिएपछि डीपीमा गएर मेरो सेयरको खाता नम्बर लिनुपर्छ त्यसपछि नेपालमा मात्र हैन विदेशमा भएकाले पनि सेयर भर्न पाउने व्यवस्था गरेका छौ । यो प्रणाली ४ महिनादेखि सञ्चालनमा ल्याएका छौ । अहिले पनि परीक्षणको रुपमा छ । मोडिफिकेसन गरेर सञ्चानलमा ल्याएका छौ । यो प्रणालीबाट ७८ हजारले आवेदन दिएका छन् । हिमाल पावर पार्टनरको ७३ हजार जनाले आवेदन दिएका थिए यो प्रणालीबाट । अब बजारमा गएर सेयर भर्न कसले लाइन बस्ने, बैंकमा गएर किन लाइन बस्ने ? अनिवार्य भएपछि यो प्रणाली सञ्चालन आएपछि यहीबाट हुन्छ । राइट पानि यो प्रणालीबाट भर्ने व्यवस्था गर्नुपर्छ । – गुप्तासँग गरिएको कुराकानीमा आधारित)

Share News