सनराइज बैंकको नाफा ५ करोड घट्यो

<p>काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो ।

बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च गरेको देखिन्छ ।
सनराइज बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ९.९९ रुपैंयाँ तथा प्रति सेयर नेटवर्थ १२१.०६ पैसा रहेको छ ।

Share News