सुर्या लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

<p>काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न काठमाण्डौंको बबरमहलमा रहेको उक्त क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सको [&hellip;]</p>

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न काठमाण्डौंको बबरमहलमा रहेको उक्त क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरेका छन् ।

हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाताका साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

Share News