दूरसञ्चार पूर्वाधार सेवाका लागि अनुमति दिने

<p>काठमाडौ ।  दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ । सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, [&hellip;]</p>

काठमाडौ ।  दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ ।

सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ ।

 हाल दूरसञ्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ ।

Share News