काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरको हो ।
संस्थाको वार्षिक साधारणसभा आगामी मंसिर ८ गते हुने भएको छ । उक्त सभामा संस्थाले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ ।