बामपन्थी सपनाः पाँच बर्षभित्रै २३५० किलोमिटर विद्युतिय रेलमार्ग

<p>काठमाडौं । बामपन्थी गठबन्धनले आफ्नो घोषणा पत्र मार्फत पाँच बर्षभित्रै २३५० किलोमिटर भन्दा लामो रेल मार्ग निर्माण सम्पन्न् गरेर सञ्चालन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणा पत्रमा पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने घोषणा गरेका हुन् । ‘आगामी [&hellip;]</p>

काठमाडौं । बामपन्थी गठबन्धनले आफ्नो घोषणा पत्र मार्फत पाँच बर्षभित्रै २३५० किलोमिटर भन्दा लामो रेल मार्ग निर्माण सम्पन्न् गरेर सञ्चालन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणा पत्रमा पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने घोषणा गरेका हुन् ।

‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ ।

बम गठबन्धनले घोषणा गरेको रेलमार्गको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए ।

तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ ।

त्यसबाहेक बाम गठबन्धनले आगामी पाँच बर्षभित्रै राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिका रेल सञ्चालन गर्ने, काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा सम्भाव्यता अनुसार मेट्रो, मोनोरेल, ट्राम तथा अन्य अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

के के भयो रेलको काम ?
रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । त्यस बाहेकका मध्यपहाडी लोकमार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणका लागि नेपाल र चीन सरकारबिच भएको सम्झौता अनुसार नेपालसँग छलफल गर्न चिनियाँ टोली नोभेम्बर ६ तारिखका दिन नेपाल आउँदैछ ।

काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । काठमाडौैं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको संयुक्त कार्यदलको अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

सम्भव छ त लगानी जुटाउन ?
उपाध्यायका अनुसार वर्तमान विश्वमा लगानीका लागि श्रोतको अभाव हुन्न अभाव हुन्छ त केबल नीति र नेतृत्वको । ‘लगानी ठुलो कुरा होइन, नीति र नेतृत्व राम्रो भयो भने पैसा सहजै जुट्छ’, उपाध्यायले भने । राजनीतिज्ञले सपना देख्नु उचित भएपनि केहि हदसम्म महत्वकांक्षी देखिएको उनले बताए ।

Share News