अनिल शाह सेञ्चुरी कमर्शियल बैंकको सीईओ हुने

<p>काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह हुने भएका छन् । हाल मेगा बैंकमा सीईओ रहेका शाहले अब छिट्ट सेञ्चुरीको जिम्मेबारी सम्हालने भएका छन् । मेगाको स्थापना कालदेखि सीईओ भएका शाहको कार्यकाल मंसिरमा सकिदै छ । सेञ्चुरीका सञ्चालक समिति र शाहबीच बिहीबार सहमति भएको छ ।बाफीयाअनतर्गत मेगामा २ कार्यकाल बस्न नमिल्ने [&hellip;]</p>

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह हुने भएका छन् । हाल मेगा बैंकमा सीईओ रहेका शाहले अब छिट्ट सेञ्चुरीको जिम्मेबारी सम्हालने भएका छन् ।

मेगाको स्थापना कालदेखि सीईओ भएका शाहको कार्यकाल मंसिरमा सकिदै छ । सेञ्चुरीका सञ्चालक समिति र शाहबीच बिहीबार सहमति भएको छ ।बाफीयाअनतर्गत मेगामा २ कार्यकाल बस्न नमिल्ने भएकाले सेन्चुरी जाने शाहाले जानकारी दिए । उनले मेगासंग भएको सम्झौता सकिएपछि सेन्चुरी जाने स्पष्टपारे ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि (वाफीया) ऐनमा एउटा बैंक तथा वित्तीय संस्थामा २ कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ । मेगामा सीईओ हुन नपाएपछि उनी सेञ्चुर जान लागेका हुन् ।

अनुजमणी तिमिल्सिनाले सीईओ पदबाट राजीनामा दिएपछि हाल सेञ्चुरीमा कामु सीईओको रुपमा जीवन भट्टराईले काम गरिरहेका छन् । शाह नेपाल बैंकर्स संघका अध्यक्ष पनि हुन् ।

Share News