दुध उत्पादक कृषकलाई खुशीको खबर, १ लिटर दुधमा १ रुपैयाँ सरकारी अनुदान

<p>काठमाडौं । सरकारले देशभरका कृषकलाई दूधको उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रम सुरु गरेको छ । पशु सेवा विभागले १ लिटर दूध उत्पादन बापत कृषकलाई एक रुपैयाँ अनुदान दिनेछ । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्येश्यले पाइलट कार्यक्रमको रुपमा कृषकलाई अनुदान कार्यक्रम सुरु गरेको हो । कृषकले सो अनुदान प्राप्त गर्नका लागि [&hellip;]</p>

काठमाडौं । सरकारले देशभरका कृषकलाई दूधको उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रम सुरु गरेको छ । पशु सेवा विभागले १ लिटर दूध उत्पादन बापत कृषकलाई एक रुपैयाँ अनुदान दिनेछ ।

पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्येश्यले पाइलट कार्यक्रमको रुपमा कृषकलाई अनुदान कार्यक्रम सुरु गरेको हो ।

कृषकले सो अनुदान प्राप्त गर्नका लागि निश्चित मापदण्ड पालना गरेको दूग्ध उत्पादक सहकारी संस्थामा दुध संकलन गर्नुपर्नेछ । उक्त सहकारीले दैनिक कम्तिमा ३ सय लिटर दुध संकलन र वर्षमा न्युनतम दुई सय दिनसम्म दुधको कारोबार गरेको हुनुपर्नेछ ।

त्यस्तै सहाकारीले नियमित रुपमा वार्षिक साधारण सभा र लेखा परिक्षण गरेको, स्थायी लेखा नम्बर लिएको र करचुक्ता गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा विभागले ७ करोड लिटर बराबरको दूध संकलन भएको थियो । सोही आधारमा सहकारी मार्फत कृषकलाई ७ करोड रुपैयाँ अनुदान वितरण गरेको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयका कर्मचारी सुरेश ज्ञवालीले जानकारी दिए ।

गत वर्ष अनुदान प्राप्त गर्ने सहकारीले अहिले न्युनतम १० प्रतिशतले दुध संकलन बढाएको हुनुपर्ने उनले बताए । उनले भने, ‘यसले दुध उत्पादक कृषकलाई प्रोत्साहित गर्छ नै । साथै यसले दुध संकलन गर्ने सहकारीलाई पनि कानुनी दायरमा ल्याउन मद्दत पुर्‍याउछ ।’

गत आर्थिक वर्षदेखि लागू गरिएको सो कार्यक्रमले दूध उत्पादन तथा संकलनमा वृद्धि भइरहेको उनले जानकारी दिए । उनले भने, ‘यस अघि जिल्ला प्राशासन कार्यालयमा मात्र दर्ता गराउने प्रावधानलाई फराकिलो बनाएका छौं । यसलाई अझ सहज बनाउन हामीले यस्ता सहकारी संस्थालाई विभिन्न जिल्लाका पशु सेवा कार्यालयमार्फत पनि दर्ता गराउने व्यवस्था जारी गरेका छौं ।’ दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ ।

Share News