काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मोरङको पथरीमा विस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन बुधबार एक समारोहका बिच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले गरेका हुन् ।

पथरी शाखाको उद्घाटनसँगै हाल यस बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।