काठमाडौं । राजधानीको केन्द्र दरबारमार्ग क्षेत्रमा ब्राण्डेड सामानका नाममा उपभोक्ता ठगी गरेको भन्दै प्रहरीले ८ वटा पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।

केही दिनयता फरार रहेका भनिएका ती व्यापारीलाई महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारवाही गरिने भएको छ । उपभोत्ता ठगि गरेको अभियोगमा पक्राउ परेका ८ जना व्यापारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको एसएपी रविन्द्र धानुकले बताए ।
प्रहरीले वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, लेवल्स स्टोरका सुवास महर्जन, दिपेन्द्र महर्जन, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, एडभेन्चर आउटडोरका रोशन ओडारी, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, लाइफ स्टाइल इन्टरप्राइजेजका श्रीकृष्ण महर्जन, प्लाटिनम ट्रेडका प्रवीन झा, रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारीलाई पक्राउ गरिएको छ ।पक्राउ पर्ने सबैलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ ।
दरवारमार्गमा रहेका ब्राण्डेड पसलेले अकुत नाफा गरी उपभोत्ता गरेको पाइएपछि तत्कालिन वाणिज्यमन्त्री शिवकुमार मण्डल आफै अनुगमनमा गएका थिए ।