बुधबार मात्रै सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबार सिद्धार्थ इन्स्योरेन्सको बोनस र भार्गव विकास बैंकको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबार सिद्धार्थ इन्स्योरेन्सको बोनस र भार्गव विकास बैंकको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ ।

त्यस्तै, भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस बैंकको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँ रहेको छ ।

Share News