काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय कात्तिक १४ गते बसेको कम्पनीको ३४९औँ संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब ११ करोड रुपैयाँ नाघ्ने छ ।