काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लघुवित्त समुह र विकास बैंक समूह छुट्टिएका छन् । नेप्सेले आज(कात्तिक १५ गते)देखि लघुवित्त समूहको छुट्टै परिसूचक निर्माण गरि अलग्गै कारोबार गराउने भएको छ ।
यसअघि विकास बैंक र लघुवित्त गरि कुल ७१ कम्पनीलाई एकै समूहमा राखिएको थियो । सो मध्ये नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरेको नेप्सेले जनाएको छ । अर्थात विकास बैंक समूहमा ३८ कम्पनी र लघुवित्त समूहमा ३३ कम्पनीको कारोबार हुने भएको छ ।
साथै, आजदेखि नयाँ परिसूचक लघुवित्त समूहलाई नेप्सेको वेभसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस मार्फत लगानीकर्ताले बजारको बारेमा थप सूचना प्राप्त गर्ने नेप्सेको विश्वास रहेको छ ।