काठमाडौं । नेकपा(एमाले)ले उद्योगी मोती दुगडलाई प्रतिनिधीसभा तर्फको समानुपातिक सूचिमा समावेश गरेको छ । एमालेको समानुपातिक सूचिमा पर्ने दुगड एक्ला ठुला उद्योगी हुन् ।
यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए । त्यस बाहेक व्यवसायीक पृष्ठभूमिका जनार्दन ढकाल, डा. दुमनसिंह थापा, पार्वत गुरुङ लगायत प्रत्यक्ष टिकट पाएर सांसद बनेका थिए । यसपाली भने एमालेले दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको हो ।