काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसदमा तर्फबाट सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजनिक भएको छ । त्यसमा एक दर्जन भन्दा बढी व्यवसायी परेका छन् ।
सूचिमा बहादुर सिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिब्यमणि राजभण्डारी, देविप्रकाश भट्टचन, आनन्दराज मुल्मी, विनोद कुमार चौधरी, अनिलकुमार रुगंटा, सूर्यबहादुर केसी लगायत छन् ।
उक्त सूचिमा सबैभन्दा चर्चित र नयाँ अनुहारमा देविप्रकाश भट्टचन रहेको छ । भट्टचन पछिल्लो दशक उच्चस्तरको व्यवसायिक विस्तार गर्दै आएको व्यावसायिक घराना प्रभु समूहका अध्यक्ष हुन् । यो समूहले बैंक, बीमा, रेमिट्यान्स, जलविद्युत्, सहकारी, हेलिकप्टर, सूचना र प्रविधि लगायतका सेवा क्षेत्रको आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको छ ।
त्यस्तै चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका छन् । उनी नेपालमा भन्दा विदेशमा व्यवसाय विस्तार गरेर चर्चित भएको व्यवसायी हुन् । उनी केही दिनअघि मात्र नेकपा एमाले त्यागेर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले समानुपातिकको सूचिमा चौधरीलाई भन्दा भट्टचनलाई ३० स्थान अगाडि राखेको छ ।
कांग्रेसले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, शिक्षा व्यवसायी उमेश श्रेष्ठ, निर्माण व्यवसायीहरु जिपछिरिङ लामा र बहादुर सिंह लामा, अनिल रुङगटा, दिब्यमणि राजभण्डारी लगायतका व्यवसायीहरुलाई समनुपातिक सांसदको सूचिमा छन् ।
राप्रपा त्यागेर हालै कांग्रेस प्रवेश गरेका पोखराका व्यवसायी सूर्यबहादुर केसी पनि समानुपातिकको उम्मेद्वार छन् ।
कांग्रेसले व्यवसायीसँग प्रतिव्यक्ति १ देखि ५ कराेड रूपैयाँ लिएर समानुपातिककाे सूचिमा राखेकाेले उनीहरू सांसद बन्ने पक्का पक्की भएकाे कांग्रेस वृतमा सुनिन थालेकाे छ ।
नेपाली कांग्रेसले केन्द्र र प्रदेश सभामा समानुमातिक तर्फको सांसदको लागि बुझाएको सूचि निम्नअनुसार रहेको छ ।
