सिक्लेस जलविद्युत आयोजना सम्पन्न, १३ मेगावाट विद्युत् जोडिदै

<p>काठमाडौं । कास्कीको मादी गाउँपालिकामा रहेको १३ मेगावाटको सिक्लेस जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीले ३ वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादिन हुने विद्युत् आगामी तीन सातापछि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए । आयोजना केसी कन्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । २ अर्ब ५ करोड [&hellip;]</p>

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा रहेको १३ मेगावाटको सिक्लेस जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीले ३ वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादिन हुने विद्युत् आगामी तीन सातापछि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए । आयोजना केसी कन्ट्रक्सन कम्पनीले निर्माण गरेको हो ।

२ अर्ब ५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण विद्युत उत्पादन गरिरहेकोे छ । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ ।

उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बुढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ । नदीको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ७ रुपैयाँ र बर्खायाममा प्रतियुनिट ४ रुपैयाँका दरमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा विद्युत प्राधिकरणले साढे २ सय मेगावाट बिजुली थप हुने जानकारी दिएको छ । गत वर्ष ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली थप भएको थियो । हालसम्म १० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निर्माण गरेको चमेलिया मंसिरको दोस्रो साता र कुलेखानी माघको पहिलो साता सम्पन्न हुने छन् ।

 

–––

Share News