काँग्रेसको महत्वकाँक्षी घोषणाः १० प्रतिशतको आर्थिक वृद्धि, १ सय खर्बको अर्थतन्त्र

<p>काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि १० वर्षमा मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने महत्वकाँक्षी योजनाकासाथ चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले घोषणापत्र सार्वजनिक गरेका छन् । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने चुनावी मुल नारा घोषणापत्रमा राखिएको [&hellip;]</p>

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि १० वर्षमा मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने महत्वकाँक्षी योजनाकासाथ चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले घोषणापत्र सार्वजनिक गरेका छन् । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने चुनावी मुल नारा घोषणापत्रमा राखिएको छ । घोषणापत्र वाम गठबन्धनको चर्को आलोचना गरिएको छ । के के छन काँग्रेसको घोषणा पत्रमा ? पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस

काँग्रेसले रोजगार, उर्जा, गरिवी न्युनिकरण, कृषि, पर्यटनको विकासलाई जोड दिएको छ । काँग्रेसले आगामी १० वर्षभित्र गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा सीमित गर्ने भनेको छ । हाल गरिवीको संख्या २१.६ प्रतिशत रहेकोमा यसलाई घटाएर आउदो १० वर्षमा ३ प्रतिशतमा सीमित गर्ने उल्लेख गरिएको छ ।
पार्टी निकट अर्थशास्त्रीहरुले घोषणापत्र तयार पारेका हुन् । गरिवी घटाउनका लागि अनुदान, न्युनतम रोजगारीको प्रत्याभूति, सुरक्षाका प्याकेज र आधारभूत आय निश्चित गर्ने घोषणापत्रमा उल्लेख छ । एक दशकमा औसत १० प्रतिशत आर्थिक वृद्धि हासिल गरी मध्यम आय भएको मुलुक बनाउने योजना रहेको घोषणापत्रमा छ ।

यस्तै कृषिको आधुनिकीकरण गरी उत्पादन दोब्बर बनाउने, तराइमा थप १ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने, पर्यटनको विकास गरी ३२ लाख विदेशी पर्यटक भित्राउने योजना घोषणापत्रमा समेटिएका छन् । आउदो १० वर्षमा थप ८ वटा केवलकार निर्माण, उद्योगको विस्तार गरी चुलिरहेको व्यापार घाटा कम गर्ने, यवालाई उद्यमशिलता बनाउन आफनै लगानी, अनुदान र सहुलियत ऋणको योजना ल्याउने योजना काँग्रेसको छ ।

घोषणापत्रमा २६ खर्ब रुपैयाँ रहेको नेपालको अर्थतन्त्रको आकारलाई बढाइ आउदो ५ वर्षमा ५० खर्ब र १० वर्षमा १ सय खर्ब रुपैयाँ पुर्याउने काँग्रेसको लक्ष्य रहेको छ । आगामी ५ वर्षमा प्रतिव्यक्ति आय हालको ९१ हजार रुपैयाँबाट बढाएर वार्षिक डेढलाख रुपैयाँ पुर्याउने योजना लिएको छ ।

यस्तै ऊर्जाको विकास गर्नका लागि काँग्रेसले आउदो ३ वर्षमा ऊर्जा संकट समधान गर्ने लक्ष्य लिएको छ । आउदो ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ । १६ वर्षमाथिका सबै जनसंख्याको बैंक खाता हुने, ७५ प्रतिशत जनसंख्या आधुनिक सहरमा हुने उल्लेख छ । मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन वर्षिक ५ खर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने योजना काँग्रेसको छ । काँग्रेसले आउदो १० वर्षमा आर्थिक वृद्धि उच्च हुने अनुमान गरेको छ ।

वाम गठवन्धन प्रति निकै आक्रमक देखिएका काँग्रेसले यसलाई समृद्धिको वाधक भनेको छ । अस्थिर राजनीतिकको लाभ खोज्ने, वैचारिक विचलन र अवसरवादी पार्टी भनेर माओवादी केन्द्रलाई आरोप लगाएको छ । उसले मुलुकको अर्थतन्त्रको वृहत सुधार र वित्तीय अनुशासन ध्वस्त हुनुमा वामपन्थीको शासन प्रमुख कारण रहेको दावी गरेको छ । यस्तै काँग्रेसले मुलुकभर ५ वटा अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना समेटिएको छ ।

Share News