काठमाडौं । देव विकास बैंकको यही कात्तिक २३ गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त ७ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
बैंकले गते आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको पनि यही कात्तिक २४ गतेदेखि आगामी मंसिर १५ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त दिन बुक क्लोज हुन लागेको हो ।
यस कम्पनीे मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ ।