काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको ४३ लाख ८ हजार ३१३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, गार्खाज फाइनान्स र नेपाल ग्रामिण विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, गार्खाज फाइनान्सको २८ लाख ९३ हजार कित्ता हकप्रद सेयर र नेपाल ग्रामिण बैंकको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएको छ ।