ज्यान मुद्दाका दोषी बालकृष्ण ढुंगेल पक्राउ

<p>काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर गरिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ढुंगेललाई सातदोबाटोबाट पक्राउ गरेको हो। अदालतले गरेको निर्णय कार्यान्वयन नभएकोमा  प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको सन्दर्भमा प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो। ज्यान मुद्दामा दोषी ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश [&hellip;]</p>

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर गरिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ढुंगेललाई सातदोबाटोबाट पक्राउ गरेको हो।

अदालतले गरेको निर्णय कार्यान्वयन नभएकोमा  प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको सन्दर्भमा प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो।

ज्यान मुद्दामा दोषी ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै ७ कार्तिकमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Share News