शिखर इन्स्योरेन्सले २९ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

<p>काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.५२६ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ बोनस र १ करोड २४ लाख रुपैयाँ नगद लभांश गरि कुल २४ करोड ९६ लाख रुपैयाँ लभांश वितरण [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.५२६ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ ।

कम्पनीले २३ करोड ७१ लाख रुपैयाँ बोनस र १ करोड २४ लाख रुपैयाँ नगद लभांश गरि कुल २४ करोड ९६ लाख रुपैयाँ लभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय कात्तिक १३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी करिब एक अर्ब ६ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९२९ रुपैयाँ रहेको छ ।

 

Share News