नेसनल हाइड्रोपावरको नाफा ९५ लाख, संचित नोक्सान अझै ४२ करोड

<p>काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा गरेको छ । ३ महिनामा कम्पनीले ९५ लाख रुपैयाँ नाफा गरेको छ । गत अर्थिक वर्षमा ५ करोड ५७ लाख रुपैयाँ नोक्सान व्योहरेको नेसनलले पहिलो त्रैमासमा नाफा गरेको छ । कम्पनीले नाफा गरे पनि संचित नोक्सान अझै ४२ करोड रुपैयाँ छ । अघिल्लो [&hellip;]</p>

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा गरेको छ । ३ महिनामा कम्पनीले ९५ लाख रुपैयाँ नाफा गरेको छ । गत अर्थिक वर्षमा ५ करोड ५७ लाख रुपैयाँ नोक्सान व्योहरेको नेसनलले पहिलो त्रैमासमा नाफा गरेको छ ।

कम्पनीले नाफा गरे पनि संचित नोक्सान अझै ४२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा संचित नोक्सान घटेको कम्पनीले जनाएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणअनुसार बिजुली बिक्रीबाट ५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

Share News