नेपाली काँग्रेसको चुनावी घोषणा-१० बर्षपछि ३ प्रतिशत नेपाली मात्रै गरिब

<p>काठमाडौं । नेपाली काँग्रेसले आगामी १० वर्षभित्र गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा सीमित गर्ने महत्वकाँक्षी योजना सार्वजनिक गरेको छ । काँग्रेसले आसन्न प्रदेश र केन्द्रीय निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमा गरिवीको संख्या घटाउने उल्लेख गरिएको छ । हाल गरिवीको संख्या २१.६ प्रतिशत रहेको छ । पार्टी निकट अर्थशास्त्रीहरुले तयार पारेको घोषणापत्र काँग्रेसले आज [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसले आगामी १० वर्षभित्र गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा सीमित गर्ने महत्वकाँक्षी योजना सार्वजनिक गरेको छ ।


काँग्रेसले आसन्न प्रदेश र केन्द्रीय निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमा गरिवीको संख्या घटाउने उल्लेख गरिएको छ । हाल गरिवीको संख्या २१.६ प्रतिशत रहेको छ । पार्टी निकट अर्थशास्त्रीहरुले तयार पारेको घोषणापत्र काँग्रेसले आज सार्वजनिक गर्दे छ । गरिवी घटाउनका लागि अनुदान, न्युनतम रोजगारीको प्रत्याभूति, सुरक्षाका प्याकेज र आधारभूत आय निश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
घोषणापत्रमा २६ खर्ब रुपैयाँ रहेको नेपालको अर्थतन्त्रको आकारलाई बढाइ आउदो ५ वर्षमा ५० खर्ब र १० वर्षमा १ सय खर्ब रुपैयाँ पुर्याउने काँग्रेसको लक्ष्य रहेको छ । आगामी ५ वर्षमा प्रतिव्यक्ति आय हालको ९१ हजार रुपैयाँबाट बढाएर वार्षिक डेढलाख रुपैयाँ पुर्याउने योजना लिएको छ ।
यस्तै ऊर्जाको विकास गर्नका लागि काँग्रेसले वार्षिक १५ हजार मेगावाट बिजुली उत्पादनको अर्को महत्वकाँक्षी योजना ल्याएको छ । १६ वर्षमाथिका सबै जनसंख्याको बैंक खाता हुने, ७५ प्रतिशत जनसंख्या आधुनिक सहरमा हुने उल्लेख गरिएको छ ।
मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन वर्षिक ५ खर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने योजना काँग्रेसको छ । काँग्रेसले आउदो १० वर्षमा आर्थिक वृद्धि उच्च हुने अनुमान गरेको छ ।

वाम गठवन्धन प्रति निकै आक्रमक देखिएका काँग्रेसले यसलाई समृद्धिको वाधक भनेको छ । अस्थिर राजनीतिकको लाभ खोज्ने, वैचारिक विचलन र अवसरवादी पार्टी माओवादी केन्द्र भनेर आरोप लगाएको छ । उसले मुलुकको अर्थतन्त्रको वृहत सुधार र वित्तीय अनुशासन ध्वस्त हुनुमा वामपन्थीको शासन प्रमुख कारण रहेको दावी गरेको छ ।

यस्तै काँग्रेसले मुलुकभर ५ वटा अन्तराष्ट्रिय विमानस्थल बनाउने, वार्षिक ३२ लाख पर्यटक भित्राउने दीर्धकालिन योजना ल्याएको छ ।

Share News