माछापुच्छ्रे बैंकको पाल्पा शाखा स्थानान्तरण

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कात्तिक १३ गते देखि संचालनमा आउने गरी पाल्पा शाखालाई तानसेनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पाल्पाका मेयर अशोक कुमार शाहीले गरेका छन् । यस शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कात्तिक १३ गते देखि संचालनमा आउने गरी पाल्पा शाखालाई तानसेनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पाल्पाका मेयर अशोक कुमार शाहीले गरेका छन् ।

यस शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बैंकले बताएको छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । बैंकले गत असार मसान्तसम्म ५८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अबधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैकले हालसम्म ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानबाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

Share News