गणपति माइक्रोफाइनान्सका अध्यक्ष युवराज भण्डारीद्धारा सपथ ग्रहण

<p>काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका हालै निर्वाचित अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष भण्डारीले सोमबार संस्थाका नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ खाएका हुन् । यसैगरी, अन्य दुई जना संचालकहरु दिनेशलाल श्रेष्ठ र इन्द्रबहादुर अधिकारीले पनि सोही दिन अध्यक्ष युवराज भण्डारी समक्ष पद तथा गोपनियताको सपथ [&hellip;]</p>

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका हालै निर्वाचित अध्यक्ष युवराज भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष भण्डारीले सोमबार संस्थाका नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ खाएका हुन् ।

यसैगरी, अन्य दुई जना संचालकहरु दिनेशलाल श्रेष्ठ र इन्द्रबहादुर अधिकारीले पनि सोही दिन अध्यक्ष युवराज भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

Share News