विश्वास ढकालको इसेवामाथि राष्ट्र बैंकको छानविन, गलत काम नगरेको ढकालको दावी

<p>काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीकाे काराेबार माथि नेपाल राष्ट्र बैंकले छानविन अघि बढाएको छ । भाइबर आउट, बिट क्वाइन जस्ता अबैध कारोबारमा संलग्न रहेको अाशंकामा इसेवा माथि राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ । ‘इसेवाले गर्ने कारोबार माथी हामीले गम्भिर भएर अध्ययन गरेका छौं, अहिले अध्ययनको निचोड समेटिएको रिपोर्ट तयार हुँदैछ’, [&hellip;]</p>

काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीकाे काराेबार माथि नेपाल राष्ट्र बैंकले छानविन अघि बढाएको छ । भाइबर आउट, बिट क्वाइन जस्ता अबैध कारोबारमा संलग्न रहेको अाशंकामा इसेवा माथि राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ ।

‘इसेवाले गर्ने कारोबार माथी हामीले गम्भिर भएर अध्ययन गरेका छौं, अहिले अध्ययनको निचोड समेटिएको रिपोर्ट तयार हुँदैछ’, नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका उप निर्देशक राजनदेव भट्टराईले विकासन्युजसँग भने ।

इसेवाले नेपालमा वर्जित गरिएको भाइबर आउट र बिट क्वाइनको कारोबार गरेको फेला परेको उनले पुष्टि गरे । उनले दुई पटक इसेवाको कार्यालयमै गएर कम्पनीको सेवा लगायतका बिषयमा अध्ययन गरेको जानकारी पनि दिए ।

इसेवाले प्रदान गर्ने सेवा र कारोबारका बारेमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले पनि अध्ययन गरिरहेको जनाएको छ । उद्यमी ढकालले पनि आफ्नो कम्पनीमा राष्ट्र बैंकले अनुगमन गरेको स्वीकार गरे । ‘राष्ट्र बैंकले कम्पनीमा दुई पटक आएर अनुगमन गरेको छ, रिपोर्ट तयार भैरहेको जानकारी आएको छ’, ढकालले विकासन्युजसँग भने ।

इसेवाले यसअघि तीन महिनासम्म नेपालबाट भाइबर आउट गरेको थियो । नेपालमा भाइबर आउटलाई कल बाइपास जस्तै गैर कानुनी मानिन्छ । भाइबर आउटपटि इसेवा बिट क्वाइनको कारोबारमा समेत मुछिएको थियो । तर इसेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने आफुहरुले गैर कानुनी कार्य नगरेको दावी गरे । ‘हामी ठूलो उदेश्य बोकेर हिडेका छौं, पैसा कमाउनु मात्रै उदेश्य होइन, व्यवसाय विस्तारमा केन्द्रित भएका छौं, हामीले कानुन विपरिद कुनै पनि काम गरेका छैनौं’, इसेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने ।

यद्यपी, नेपालमा अबैध मानिएको बिट क्वाइनको भुक्तानी इसेवाबाट हुने बिटक्वाइनको वेभसाइटमै लेखिएको देख्न पाइन्छ ।

Share News