उद्योगपति विनोद चौधरी काँग्रेसबाट समानुपातिक उम्मेदवार

<p>काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति तथा उद्योगी विनोदकुमार चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । काँग्रेसमा प्रवेश गरपछि उनी समानुपातिक सूचीबाट परेका छन् । लामो समय नेकपा एमालेमा रहेका चौद्यरी काँग्रेसमा प्रवेश गरेका हुन् । एमालेमा रहदा उनी काँग्रेसले लिएको उदार अर्थनीतिको पक्षपाति थिए । वि.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा उनी एमालेले [&hellip;]</p>

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति तथा उद्योगी विनोदकुमार चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

काँग्रेसमा प्रवेश गरपछि उनी समानुपातिक सूचीबाट परेका छन् । लामो समय नेकपा एमालेमा रहेका चौद्यरी काँग्रेसमा प्रवेश गरेका हुन् । एमालेमा रहदा उनी काँग्रेसले लिएको उदार अर्थनीतिको पक्षपाति थिए ।

वि.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा उनी एमालेले उनलाई समानुपातिक सभासद बनेका थिए । त्यसबेला नाम चलेका धेरै व्यवसायी पार्टीको समानुपातिक सुचिमा परेका थिए । २०७० सालको चुनावमा उनी सभासद भएनन् ।

चौधरी पुर्वमन्त्री तथा एमालेका नेता भरतमोहन अधिकारीको नजिक थिए । विश्व प्रसिद्ध फोर्बस म्यागेजिनमा अर्बपतिको सूचिमा पर्ने चौधरी नेपालका एकमात्र उद्योगपति हुन् । उनको सम्पत्ति सवा खर्ब रुपैयाँ छ । एमाले र माओवादी गठवन्धन बनेपछि असन्तुष्ठ चौधरी काँग्रेमा प्रवेश गरेका हुन् ।

 

 

Share News