नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक १० हजार बनाउने, एमालेले उमेर हद घटाउने

<p>काठमाडौं । नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक प्रतिव्यक्ति १० हजार पुर्याउने भएको छ । काँग्रेसका प्रवत्ता समेत रहेका गगन थापाले बीबीसीको साझा सबालमा बोल्दै भनेका छन्–नेपाली काँग्रेसले आगामी निर्वाचतको तयार गर्दै गरेको घोषणा पत्रमा वृद्धि भत्ता मासिक प्रति व्यक्ति १० हजार पुर्याउने निर्णय गरिसकेको बताए । ‘ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसले वृद्ध भत्ता मासिक प्रतिव्यक्ति १० हजार पुर्याउने भएको छ । काँग्रेसका प्रवत्ता समेत रहेका गगन थापाले बीबीसीको साझा सबालमा बोल्दै भनेका छन्–नेपाली काँग्रेसले आगामी निर्वाचतको तयार गर्दै गरेको घोषणा पत्रमा वृद्धि भत्ता मासिक प्रति व्यक्ति १० हजार पुर्याउने निर्णय गरिसकेको बताए ।

‘ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले बनाउने घोषणा पत्रको मस्यौदामा लेखिसकेको छ, त्यो हट्दैन, घोषणापत्र सँगै त्यो सार्वजनिक हुन्छ’ उनले भने ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका नेतृ विन्दा पाण्डेले एमालेको घोषणापत्रमा वृद्धवृद्धाको भत्ताको लागि उमेर कम गर्ने तयारी भएको बताइन् ।

“वृद्ध भत्ता दिने काम गलत थियो, तर अहिले त्यसैका भरमा एमालेले भोट बढाईरहेको छ, त्यसैले अब काँग्रेसले वृद्ध भत्ता र वेरोजगार भत्ता १० हजार पुर्याउने सोँच बनाएको हो,” युवा नेता थापाले भने । “जनता विदेशी लगानी ल्याउछौ, उद्योग खोल्छौ र ठूलो संख्यामा रोजगारी दिन्छौ भन्दा विश्वास गर्दनन्” उनले भने “वृद्धभत्ता बढाउछौ र वेरोजगार भत्ता दिन्छौ भन्दा जनता दङ परेर भोट हाल्छौ भन्ने हामीले किन १० हजार भत्ता नदिने ? ।

उनले भने “आउने योजनामा हामी १० वृद्ध र वेरोजगारलाई १० हजार रुपैयाँ भत्ता दिने योजना ल्याउदै छौ । यस्तो प्रतिस्पर्धा गलत भएको बताउदै दार्चुलामा गएको बेला पनि यस्तै भएको भन्दै उनले वृद्ध भत्ता ५, हजार पुर्याउछौ ताली १० हजार पुर्याउछौ भन्दा ताली बज्ने गरेको बताए । एउटा ठूलो उद्योगले दिने रोजगारी भनेको ३ हजार भएको बताउदै नेता थापाले वर्षका ४ लाख नयाँ वेरोजगारलाई रोजगारी दिन खर्बो रुपैयाँ लगानी आवश्यक पर्ने बताए । “वृद्ध भत्ता बढाउछु, वेरोगारीलाई भत्ता दिन्छु, शैक्षिक प्रमाणपत्र राखेर ऋण दिन्छु भन्द जनताले भोट दिन्छन भने हामीले किन नदिने ?” उनले भने “हामीले पनि यसपाली ल्याउदै छौ ।”

कम्यूनिष्टहरुले ६० वर्षमाथि उमेर पुगेका वृद्ध वृद्धालाई गोलि हानी मार्छन भनेर नेपाली काँग्रेसले २०४८ साल र २०५१ सालको निर्वाचनमा प्रचार गरेको थियो । पछि नेकपा एमालेले सत्तामा पुगेपछि नेपालमा पहिलो पटक वृद्धि भत्ता वितरणको नीति लिएको थियो ।

तत्कालिन एमाले सरकारले २०५१ सालमा वृद्धवृद्धालाई मासिक एक सय भत्ता दिन सुरु गरेको थियो । हाल वृद्ध वृद्धाहरुले मासिक २ हजार भत्ता पाउँदै आएका छन् । यतिबेला वृद्ध भत्तालाई राजनीतिक दलहरुले भोट बढाउने अस्त्रका रुपमा उपयोग गर्दै आएका छन् ।

Share News