उपभोत्ता मूल्यवृद्धि ३.४ प्रतिशत, सबैभन्दा कम राजधानीमा

<p>काठमाडौं । बाढी, पहिरो र डुवानले गर्दा तरकारको मूल्य अकासिएपछि गत भदौमा समग्र मुल्य वृद्धि भएको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा भदौमा केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो । समीक्षा अवधिमा खाद्य [&hellip;]</p>

काठमाडौं । बाढी, पहिरो र डुवानले गर्दा तरकारको मूल्य अकासिएपछि गत भदौमा समग्र मुल्य वृद्धि भएको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा भदौमा केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.७ प्रतिशत थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.७ र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको हो ।
समीक्षा अवधिमा तरकारीको मूल्य ८.९ र मदिराजन्य पेय पदार्थको मूल्य ८.८ प्रतिशतले वृद्धि भएको छ । गैर–खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ८.१ प्रतिशत थियो । लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४, तराईमा ३.८, पहाडमा ३.४ र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५, तराईमा ७.४, पहाडमा १०.३ र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको थियो ।

Share News