सेयर बजार राताम्मे, नेप्से दोहोरो अंकले घट्दा ५० करोडको कारोबार

<p>काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ । दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको [&hellip;]</p>

काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ ।

दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कुल १५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयरहरु किनबेच भएका छन् ।

सो दिन कारोबारमा आएका ९ वटै समूहका परिसुचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३८, उत्पादनमूलक ३७, विकास बैंक १७, हाइड्रोपावर १५ र बैंकिङ समूह १२ अंकले ओरालो लागेका छन् । त्यस्तै, बाँकी रहेका ट्रेडिङ, फाइनान्स र अन्य समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । उता मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने बजार घट्दा पनि ९.७३ प्रतिशत कमाएका छन् ।

 

Share News