सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा, थप तीन शाखा खोल्ने तयारी

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । बैंकले गत कात्तिक ९ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । बैंकले हालसम्म ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । बैंकले गत कात्तिक ९ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।

बैंकले हालसम्म ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपालीजनतालाई बैंकिंग सुबिधा संग पहुँच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको बताएका छन्। उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताए ।

साथै, अबका दिनमा बैंकले झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराएका छन् ।

Share News