काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय कम्पनीको गत कात्तिक ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ ।
बैंकले ४० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिँदै छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, उक्त पुँजीमा २० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ नाघ्ने छ ।