स्वदेशी लघुवित्त र ओरियन्टल होटलको सेयर मूल्य समायोजन

<p>काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटलको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार दुबै कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले स्वदेशी लघुवित्त १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मुल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकेको छ । [&hellip;]</p>

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटलको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार दुबै कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले स्वदेशी लघुवित्त १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मुल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २०५ रुपैयाँ रहेको थियो ।

त्यस्तै, ओरियन्टल होटलको पनि १८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको थियो ।

Share News