लोडसेडिङ हटाउन भारतबाट १६० मेगावाट बिजुली किन्ने सम्झौता, प्रतियुनिट ५.७६ रुपैयाँ

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट १६० मेगावाट बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको म्याद अक्टुबरमा सकिने भएपछि विद्युत् प्राधिकरण र भारतको एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच शुक्रबार भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट १६० मेगावाट बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको छ ।


ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको म्याद अक्टुबरमा सकिने भएपछि विद्युत् प्राधिकरण र भारतको एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच शुक्रबार भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात भइरहेको छ ।

सो बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३ रुपैयाँ ६० पैसा भारुमा खरिद गर्ने सहमति भएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी डिसेम्बरसम्मका लागि अतिरित्त बिजुली खरिदको सम्झौता भएको छ । त्यसपछि पुन एनभीभीएनसंग सम्झौता हुने उनले बताए । उनकाअनुसार सो प्रसारणलाइनबाट बिजुली आपूर्ति गरेवापत वार्षिक १ अर्ब ९ करोड रुपैयाँ ट्रान्समिसन कम्पनीलाई तिर्नुपर्ने छ ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् । दुबै देशका सचिवस्तरिय बैठक बसेर आउदो जनवरीदेखि बिजुली आयातको म्याद थप हुने अधिकारीले बताए ।

यो प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर २ सय मेगावाट ल्याउने विद्युत प्राधिकरणको तयारी थियो । ढल्केबरमा सवस्टेशन बन्न ढिलाइ भएपछि १६० मेगावाट बिजुली आयातलाई प्राधिकरणले निरन्तरता दिएको छ । ढल्केबरमा सवस्टेशन निर्माण गरिरहेको चिनियाँ ठेकेदारसंग ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेकेदार छनौटको तयारी भइरहेको छ ।

प्राधिकरणले टनकपुरबाट थप ३० मेगावाट बिजुली आयातको पनि सम्झौता गरिसकेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४८० मेगाावाटसम्म बिजुली आयातको तयारी गरेको छ । यसका लागि आवश्यक पुर्वांधार तयार भइसकेको छ ।

 

 

 

Share News