भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद खुला, कात्तिक २४ गतेदेखि आवेदन दिन पाइने

<p>काठमाडौं। भार्गव विकास बैंकले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि सो मात्राको हकप्रदको बिक्री खुला गर्न लागेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता सेयरको हकप्रद निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक [&hellip;]</p>

काठमाडौं। भार्गव विकास बैंकले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि सो मात्राको हकप्रदको बिक्री खुला गर्न लागेको हो ।

बैंकले एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता सेयरको हकप्रद निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले कात्तिक २४ गतेदेखि कात्तिक २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ ।

कम्पनीको कात्तिक १५ गते बुक क्लोज हुँदै छ ।

Share News