एनबी इन्स्योरेन्सको २२औँ शाखा बाग्लुङ्गमा, थप १७ वटा शाखा खोल्ने तयारी

<p>काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो २२औँ शाखा बाग्लुङ्गमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरेका हुन् । सो कार्यक्रममा अध्यक्ष चापागांईले कम्पनीले छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले बीमा क्षेत्रले रोजगारी बढाउन [&hellip;]</p>

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो २२औँ शाखा बाग्लुङ्गमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरेका हुन् ।

सो कार्यक्रममा अध्यक्ष चापागांईले कम्पनीले छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने बताएका छन् ।

बुधबार उद्घाटन गरेको शाखा सहित कम्पनीले हालसम्म २२ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा ८ वटा सेवा काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा दिँदै आएको छ । साथै, कम्पनीले विभिन्न स्थानमा थप १७ वटा शाखा खोली आफ्नो सेवा विस्तार गर्ने बताएको छ ।

Share News