न्यु-योर्क । अमेरिकाको डिपार्टमेन्ट स्टोर सियर्सले विश्वविख्यात कम्पनी वर्लपुलका उत्पादन नबेच्ने भएको छ । मूल्यमा विवाद आएपछि स्टोरले कारोबार नगर्ने भएको हो ।

यसले एक शतकको व्यापार साझेदारी पनि टुंगिएको छ । केमार्टको नामबाट परिचित सियर्स होल्डिङ्सले वर्लपुलको नयाँ मूल्य प्रणालीलाई नमान्ने बताएको छ । यो कदमले अमेरिकाको लोकप्रीय ब्राण्ड माइट्याग र किचेनएडलाई प्रभाव पार्छ ।
वर्ल पुलले यसै साता कच्चा पदार्थमा भाउ बढेको बताँउदै उत्पादनको पनि मूल्य बढाएको थियो । वर्लपुलका प्रमुख कार्यकारी मार्क बिचरले वर्लपुलको सियर्ससँग ३ प्रतिशत मात्र कारोबार रहेको बताएका थिए । यद्दपी न्युयोर्कको दिउसोको सेयर कारोबारमा १० प्रतिशतले गिरावट आएको थियो ।
डिपार्टमेन्ट स्टोरमा प्रमुख स्थान कायम गर्नुपूर्व सियर्सले मेल अर्डर क्याटालग सुरु गरेको थियो । ब्यापारीहरुले अनलाइनबाट बिक्री गर्न थालेपछि सियर्सले पछिल्ला वर्षहरुमा सयौं स्टोरहरु बन्द गरेको छ ।
सियर्स होल्डिङ्सले गत सातादेखि आफ्ना कामदारलाई वर्लपुलका सामान बोक्न निषेध गरेको थियो । मंगलबार सियर्सले जारी गरेको विज्ञप्ती अनुसार वर्लपुलले उचित मूल्यमा सामान बेच्न छोड्ने बताएको छ ।
वाल स्ट्रिट जर्नलका अनुसार यी दुई कम्पनीले सन् १९१६ देखि पहिलो अटोम्याटिक वाशर ल्याउदै काम सुरु गरेका थिए ।
सस्तो प्रतिस्पर्धा
बिचरले मूल्यको विषयमा जानकारी खुलाउन चाहेको बिबिसीले जनाएको छ । यद्दपी सस्तो मूल्यमा प्रतिस्पर्दाले नाफा ११ प्रतिशतले घटेको बताउदै उनले लगानीकर्तालाई सजक गराएका थिए । अमेरिकामा सामसङ र एलजीको आयातले आफ्नो व्यवसायलाई असर पारेकोमा कम्पनीले अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगबाट समाधान खोजिरहेको छ ।
सियर्सले वर्लपुलको केनमोर ब्राण्डको कारोबारलाई भने निरन्तरता दिने बताएको छ । आउदो गर्मीमा अमेजनमा पनि केनमोरको उत्पादन बेच्ने सियर्सले जानकारी दिएको छ । विश्व बजारमा विख्यात वर्लपुलको नेपालमा पनि बजार रहेको छ ।