काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ६० लाख ८ हजार ०६२ कित्ता हकप्रद सेयर बाँँडफाँट गरेको छ । बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोमध्ये रितपुर्वक आवेदन दिने १८ हजार ९१० जना सेयरधनीहरुलाई सो मात्राको सेयर कात्तिक ७ गते बाँँडफाँट गरेको हो ।
बैंकले कात्तिक १२ गतेदेखि आवेदकहरुको आफ्नो हकभन्दा बढी आवेदन माग गरी बाँडफाँटमा नपरेका हकप्रद सेयर वापतकोे रकम फिर्ता गर्ने भएको छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।