मोरङ प्रदेश सभामा अखिल र युवा संघका दुई सचिवको चर्चा, को हुन आलम र बस्नेत ?

<p>काठमाडौं । दोश्रो चरणमा हुने मंसिर २१ गतेको निर्वाचनका लागि मोरङ जिल्लाबाट अखिल र युवा संघका दुई सचिवले टिकटका लागि लबिङ तिब्र पारेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव वसिम आलम र युवा संघ नेपालका सचिव पर्शुराम बस्नेतले प्रदेश सभाको प्रत्यक्ष टिकटका लागि लबिङ थालेका हुन् । आलम प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश [&hellip;]</p>

काठमाडौं । दोश्रो चरणमा हुने मंसिर २१ गतेको निर्वाचनका लागि मोरङ जिल्लाबाट अखिल र युवा संघका दुई सचिवले टिकटका लागि लबिङ तिब्र पारेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव वसिम आलम र युवा संघ नेपालका सचिव पर्शुराम बस्नेतले प्रदेश सभाको प्रत्यक्ष टिकटका लागि लबिङ थालेका हुन् । आलम प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश क मा सिफारिस भएका छन् भने बस्नेतलाई प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ६ को प्रदेश सभा ख मा सिफारिस गरिएको छ ।

प्रतिनिधी सभा क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डलले निर्वाचन लड्ने सम्भावना छ भने ६ नम्बर निर्वाचन क्षेत्रमा पुर्व मन्त्री लालबाबु पण्डितले निर्वाचन लड्ने सम्भावना छ । आलम अनेरास्ववियुको केन्द्रिय सचिव, एक नम्बर प्रदेशको इञ्चार्ज तथा मोरङ एमालेको सचिवालय सदस्य हुन भने बस्नेत पनि युवा संघको सचिव, प्रदेश नम्बर १ को इञ्चार्ज तथा मोरङ एमालेका सचिवालय सदस्य नै हुन् ।

आलम बरिष्ठ नेता माधव नेपाल पक्षधर हुन भने बस्नेत पार्टी अध्यक्ष केपी ओली पक्षधर हुन् । आलमसँग तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकिय सचिवका रुपमा काम गरेको अनुभव छ । मुस्लिम समुदायको उल्लेख्य मतदाता रहेको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ६ को प्रदेश सभा क मा उनले निर्वाचन जित्ने र नागरिकको अपेक्षा अनुसार नै काम गर्ने दावी गर्दै आएका छन् । आलमलाई युवा पुस्ताबिच चर्चित र विवादरहित उम्मेदवारका रुपमा हेरिएको छ ।

उता, बस्नेतलाई प्रदेश सभाको टिकट दिन ओली पक्षकै केहि नेता अनिच्छुक रहेको आरोप लागिरहेको छ । युवा पुस्ताबिच चर्चामा रहेपनि बस्नेतलाई विवादित पृष्ठभूमिबाट राजनीतिमा आएको आरोप लाग्ने गरेको छ ।

Share News