३५ प्रतिशत जनतामा उर्जाको पंहुच पुर्याइने

<p>हेटौडा । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा विद्युतीय ऊर्जा पुयाउने बताएका छन् । उर्जा पुग्न नसकेका जनताबीच विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्धस्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्ने उनले बताए । प्राधिकरण क्षेत्रीय कार्यालय हेटाैडाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै ऊर्जामन्त्री थापाले मुलुकमा [&hellip;]</p>

हेटौडा । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा विद्युतीय ऊर्जा पुयाउने बताएका छन् ।
उर्जा पुग्न नसकेका जनताबीच विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्धस्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्ने उनले बताए ।

प्राधिकरण क्षेत्रीय कार्यालय हेटाैडाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै ऊर्जामन्त्री थापाले मुलुकमा अहिले ऊर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई ऊर्जा मन्त्रालयले आह्वान गरिसकेको जानकारी दिए ।

मुलुकमा लोडसेडिङ सधैँका लागि घटाउन अहिले निर्माणधीन कुलेखानी तेस्रो आयोजनालाई यथाशीघ्र निर्माण सम्पन्न गर्न उच्च प्राथमिकताका साथ लाग्नुपर्र्ने उनले बताए । कुलेखानी तेस्रो आयोजना निर्माण शुरु गरिएको १० वर्ष बितिसकेको भए पनि अझ पनि विद्युत् उत्पादन गर्न नसक्नु आयोजनाका पदाधिकारी र निर्माण कम्पनीबीच समझदारी अनुसार निर्माण कार्य शुरु नहुँदा सो आयोजनाले निकै क्षति व्यहोर्न परेकोमा चिन्ता व्यक्त गरे ।

सो अवसरमा ऊर्जासचिव अनुपकुमार उपाध्यायले देशको विभिन्न क्षेत्रमा विद्युत् उपलब्ध गराइएको भए पनि तराई क्षेत्रमा अवैध रुपमा विद्युत् चुहावट गर्ने प्रविधिलाई नियन्त्रण गर्नुपर्ने र साना/साना जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्न सरकारले दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्न लागिएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ घटाउन ऊर्जा चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न कार्यदलको गठन गरिएको जानकारी दिए । ऊर्जालाई थप उत्पादन गर्न मन्त्रालयबाट अनुमति पाएका साना आयोजनालाई यथाशीघ्र विद्युत् उत्पादन गर्ने कार्यलाई सञ्चालनमा ल्याउन र विदेशबाट थप ऊर्जा ल्याई आँद्योगिक क्षेत्रलाई, उपभोक्तालाई विद्युत् वितरण गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण लागिपरेको बताए ।
कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाष मिश्रले माघको पहिलो साताबाट सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । ४ अर्ब ५२ करोड रुपैयाँ लागतमा कुलेखानी तेस्रो आयोजनाको निर्माण भइरहेको छ । रासस

Share News