काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीले ७ करोड ६४ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।