नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । साथै, सोही दिन कम्पनीको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ ।

साथै, सोही दिन कम्पनीको सञ्चालक समितिमा चार जना निर्वाचित भएका छन् । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँड निविरोध निर्वाचित भएका हुन् ।

१५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड रुपैयाँ र सेयरधनी कोष पनि १८ अर्ब ७० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर सञ्चालन मुनाफा कमाएको थियो । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुदनाफा पनि २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । हाल बैंकको निक्षेप एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।

 

Share News