
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा ४ करोड रुपैयाँ बढी खर्च भएको छ ।
प्रधानमन्त्री देउवा राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिकाको न्युयोर्क जादा ४ करोड ५५ लाख ४१ हजार ७४५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थले सो भ्रमण खर्च परराष्ट्र मन्त्रालयलमार्फत निकासा गरेको हो ।